+

गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

२०८१ असोज  ८ गते १३:३५ २०८१ असोज ८ गते १३:३५
गुप्ताङ्गमा समस्या भइराख्ने कारण भित्री वस्त्र त होइन ?

महिलाको गुप्ताङ्गको स्वच्छताका लागि नियमित सरसफाइमा ध्यान दिएर मात्र पुग्दैन । पेन्टी कस्तो प्रयोग गरिएको छ भन्ने कुरामा पनि भर पर्छ । गुप्ताङ्गसँग सम्बन्धित समस्या पटक-पटक भइरहन्छ भने यसको कारण दिनहुँ लगाउने पेन्टी पनि एक हुनसक्छ । किनकि पेन्टीको कपडा मैत्रीपूर्ण छैन र गलत तरिकाले प्रयोग गरेमा योनीमा संक्रमण फैलिन सक्छ ।

त्यसैले गुप्ताङ्गको स्वच्छताका लागि सही तरिकाले प्रयोग र छनोट गर्नु आवश्यक छ ।

के कुरामा ध्यान दिने ?

अन्डर गार्मेन्ट किन्दा कपडा होसियारीपूर्वक छनोट गर्नुपर्छ । जहिले पनि भित्री वस्त्र लिंदा छाम्दा नरम हल्का र कपडा सुतीको छनोट गर्नपर्छ । अन्य नाइलन वा सिन्थेटिक कपडाले बनेको पेन्टीले यौनाङ्गलाई पूर्ण रूपमा गुम्साइ हावाको प्रवाहलाई रोक्छ । फलस्वरुप संक्रमणको जोखिम बढाउँछ ।

हावाको पास राम्रोसँग भएमा मात्र योनीको छालामा आर्द्रता जम्मा हुँदैन ।

प्रत्येक तीन महिनामा पेन्टी नयाँ फेर्ने

एउटै अन्डरगार्मेन्टहरू वर्षौंसम्म लगातार लगाउनु हुँदैन । किनकि दिनहुँ प्रयोग गरिरहेको पेन्टीमा हुने योनी स्रावले कडा दाग बसाउन सक्छ । जसमा कीटाणुहरू सलबलाएका हुने र कपडा पनि मक्किंदै गई प्रयोगहीन भइसकेको हुनसक्छ ।

त्यसैले तीन महिनाभित्र नयाँ जोडी पेन्टी अनिवार्य किन्नु उपयुक्त हुन्छ ।

राति सुत्दा पेन्टी नलगाउने

कतिपयको राति पेन्टी लगाएर सुत्ने बानी हुन्छ । तर राति सुत्दा पेन्टी लगाएर सुत्नु स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिंदैन । त्यसो त प्रायः दिनभर पेन्टी लगाइएको हुन्छ । रातमा पनि लगाएमा योनीमा हावा पास हुन सक्दैन ।

२४ घण्टौं लगाउँदा पसिनाले भिज्ने हुँदा कहिलेकाहीं चिलाउने तथा संक्रमणको पनि जोखिम बढाउँछ । यस्तो समस्याबाट बच्न पेन्टीबाट केही घण्टा ब्रेक लिनु पनि महत्त्वपूर्ण छ । जसका लागि रातको समय उत्तम हुन्छ ।

छाला अनुकूल साबुन वा सर्फ प्रयोग

गुप्ताङ्गको क्षेत्र सोचेभन्दा बढी संवेदनशील छ । वास्तवमा ठूलो समस्या नआएसम्म अधिकांश महिलाहरूले यी कुरा बुझ्दैनन् । त्यसैले यस्तो अवस्था आउन नदिन पेन्टी सफा गर्न सधैं कडा केमिकल नभएको हल्का डिटरजेन्ट प्रयोग गर्नुपर्छ ।

दिनहुँ पेन्टी परिवर्तन गर्ने

योनीबाट थरीथरीका डिस्चार्ज जुनसुकै समयमा हुनसक्छ । यदि डिस्चार्ज धेरै भइरहेको छ भने पटक-पटक पेन्टी परिवर्तन गर्ने पर्छ ।

एउटै पेन्टी लामो समयसम्म प्रयोग गर्दा योनीको पीएचलाई असन्तुलन भई यौनाङ्ग संक्रमण र अन्य समस्या आउन सक्छन् ।

सामान्य अवस्थामा पनि दिनहुँ परिवर्तन गर्न आवश्यक छ । ताकि, पेन्टीमा हुने आर्द्रताले संक्रमण गराउनबाट जोगिन सकियोस् । एउटै पेन्टी एक दिनभन्दा बढी प्रयोग गर्दा ब्याक्टेरियाको वृद्धि हुनसक्छ ।

घाममा सुकाएर मात्र लगाउने

पेन्टीलाई दाग जाने गरी धोएर घाममा सुकाउनुपर्छ । घाममा सुकेको पेन्टीमा संक्रमणको जोखिम कम हुन्छ । त्यस्तै पानीमा भिजेर आएको अवस्थामा पनि पेन्टी परिवर्तन गर्नुपर्छ ।

गुप्ताङ्ग डा. लता श्रेष्ठ भित्री वस्त्र स्त्रीरोग
डा. लता श्रेष्ठ
लेखक
डा. लता श्रेष्ठ
प्रसूति तथा नि:सन्तानपन रोग विशेषज्ञ

डा. श्रेष्ठ  वात्सल्य नेचुरल आईभीएफमा कार्यरत छिन् । प्रसूति तथा स्त्री रोगमा एमडी गरेकी उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९१३८ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुकुरले टोक्नासाथ के गर्ने ? रेबिज विरुद्धको खोप लगाउनैपर्छ ?

कुकुरले टोक्नासाथ के गर्ने ? रेबिज विरुद्धको खोप लगाउनैपर्छ ?

मक्किएको हड्डी भाँचिनबाट जोगाउन सकिन्छ ?        

मक्किएको हड्डी भाँचिनबाट जोगाउन सकिन्छ ?        

अकुपञ्चरले ‘खेलकुद इन्जुरी’का कस्ता चोटपटक निको पार्छ ?

अकुपञ्चरले ‘खेलकुद इन्जुरी’का कस्ता चोटपटक निको पार्छ ?

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

युवामा हृदयघातको समस्या बढ्दो, जोगिन के गर्ने ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

अल्जाइमर्समा परिवारको भूमिका कस्तो हुनुपर्छ ?

किन आउँछ छालामा दाद ?

किन आउँछ छालामा दाद ?