+
+

पौराणिक एक्सन थ्रिलर ‘डीएनए’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १३:२४

काठमाडौं । पौराणिक एक्सन थ्रिलर फिल्म ‘डीएनए’ निर्माण हुने भएको छ । निर्माताले टिजर भिडियो सार्वजनिक गर्दै फिल्मबारे जानकारी दिएका छन् । डेब्यु अभिनेता सुधन पोखरेल एक्सन अवतारमा प्रस्तुत छन् ।

फिल्मको छायांकन चाँडै सुरु हुने जनाइएको छ । टिजरअनुसार फिल्मको कथा एक बाकस वरपर घुम्छ । चम्किलो प्रकाश निस्किने बाकसलाई जोगाउन र त्यसलाई हासिल गर्न हुने लडाइँको कथा यसमा छ ।

पौराणिक कथालाई आधुनिक समयको कथासँग एडप्ट गरिएको भनिएको फिल्ममा नयाँ कलाकार छन् । दीपक केसी, चिरायु पौडेल लगायतका नयाँ अनुहारले यसमा अभिनय गर्नेछन् ।

यो फिल्मलाई चानस पुन मगर र मणिरत्न त्रिपाठीले संयुक्त रूपमा लेखन र निर्देशन गर्दैछन् । पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकलाई फरक अनुभूति दिलाउने अपेक्षा गरेको अर्का निर्देशक त्रिपाठीले बताए ।

छायांकन फागुनदेखि सुरु गर्ने तयारी छ । फिल्म निर्माणमा फोनिक फ्ल्कि, बर्ड पिक्चर्स र एक्सपोज सिनेमाले सहकार्य गर्ने भएका छन् । एक्सन कोरियोग्राफी राजु तामाङको हुनेछ ।

सुशान्त केसी र प्रशान्त योगीले फिल्मलाई छायांकन गर्नेछन् । मानस्वी मालाकारको संगीत, गणेश क्षेत्रीको सम्पादन, वर्षा क्षेत्रीको कस्ट्युम डिजाइन, सुदीप पाण्डेको रङ संयोजन र सुदिल धितालको साउन्ड डिजाइन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?