+
+

कोशीमा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १४:०५

८ असोज, विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका १० र ११ औं तहका कर्मचारीको सरुवा गरेको छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा कार्यरत ११ औं तहका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुरमा सरुवा गरेको छ ।

१० औं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा भएका छन् ।

बस्नेत रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा  मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको  सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रमको नाम परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

सो कार्यक्रमको नाम  ‘जनतासँग कोशी प्रदेश सरकार’ राखिएको छ । मन्त्रिपरिषदको बैठकले कार्यक्रम सञ्चालन कार्यविधि पनि पास गरेको मन्त्री अधिकारीले जानकारी दिए ।

तीन समिति गठन

कोशी प्रदेश सरकारले तीन वटा समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले मन्त्रीको नेतृत्वमा तीन वटा समिति गठन गरेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिति गठन गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको हो ।

प्रदेशको काम कारवाही सहज रुपमा सञ्चालनका लागि समिति गठन गरेको मन्त्री अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?