+
+

महानगरले हटायो मनमती खोलामाथिको स्ल्याब र संरचना

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १५:०५

८ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनमती खोलामाथि बनेको संरचना र स्ल्याब (ढलान) हटाएको छ ।

महानगरपालिकाले १३ र १४ नम्बर वडामा पर्ने मनमती खोला माथिको स्ल्याब र स्ल्याबमाथि पनि बनेका संरचना हटाएको हो ।

‘सोल्टीमोडदेखि भित्र रहेको मनमतीमाथि स्ल्याब हालेर एउटा मन्दिर, दुई कोठा रहेको भवन र एउटा शौचालय भत्काएका छौं । करिब २ सय मिटर खोला छोपेर यहाँ स्ल्याब हालेको देखियो,’ मनमती खोला खोल्ने जिम्मा पाएका महानगर प्रहरी निरिक्षक प्रकाश पण्डितले भने ।

उनले स्थानीय र केही मान्छेले खोला छोपेर संरचना बनाएको भन्दै उजुरी गरेपछि महानगरको अनुमतिमा डोजर चलाएर स्ल्याब हटाएको बताए ।

‘नदीमाथि कुनै संरचना बनाउन पाइँदैन, यहाँ बनाएको पाएर हटाएको हो । महानगरले जहाँ गुनासो आउँछ, त्यहीँ काम गर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?