+

साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

२०८१ असोज  ८ गते १६:४९ २०८१ असोज ८ गते १६:४९
साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

८ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । साफ महिला च्याम्पियनसिप अक्टोबर १७-३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ।

साविक उपविजेता नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा छन् भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छन् ।

बन्द प्रशिक्षणमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला वि.कलाई बोलाइएको छ । त्यस्तै हीराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की पनि बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता के.सी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी पनि बन्द प्रशिक्षणमा परेका छन् । ४० खेलाडीमा ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई, सुनिता भुलन पनि छन् ।

एन्फा फुटबल साफ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय