+
+

कैलालीमा भन्सार छलेर ल्याइएका साढे ६ लाखको सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १६:५५

८ असोज, धनगढी । कैलालीमा भन्सार छलेर ल्याइएका साढे ६ लाख रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

कैलालीका विभिन्न स्थानबाट सोमबार ६ लाख ४४ हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार धनगढी उपमहानगरपालिकाको सन्तोषी टोल र उर्मीबाट अन्दाजी ४८ हजार आठ सय बराबरको किराना डिस्पोजल प्लेट, चिनी र प्लाष्टिक झिल्ली बरामद गरिएको छ ।

यस्तै, भजनी नगरपालिकाको मुडुवा र हिक्मतपुरबाट ५२ हजार पाँच सय ५० मूल्य बराबरको चिनी र सुर्तिजन्य पदार्थ, कैलालीको टीकापुर नगरपालिकाको कालाकुण्डा र बालुवाटारबाट अन्दाजी एक लाख २२ हजार बराबरको सामान बरामद गरिएको डीएसपी बोहोराले बताए ।

कैलारी गाउँपालिकाको छोट्कीपलिया र पृथ्वीपुरबाट चार लाख २५ हजार बराबरको कपडा, चिनी, साइकल र सुर्तीजन्य पदार्थहरु बरामद गरिएको छ । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?