+
+

मनास्लु क्षेत्रमा वैकल्पिक पदमार्गको अध्ययन सुरु

‘चुमभ्याली बुद्धिजम ट्रेल’ नामाकरण गरिने

विकास मरहट्टा विकास मरहट्टा
२०८१ असोज ८ गते १८:२९

८ असोज, गोरखा। निर्माणाधीन सडक सञ्जालले पदयात्रा पर्यटनमा पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै मनास्लु संरक्षण क्षेत्रमा वैकल्पिक पदमार्गको पहिचान गरिने भएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को प्राविधिक टोली मनास्लु क्षेत्र पुगेर पदमार्गको अध्ययन थालिसकेको छ ।

वैकल्पिक पदमार्गहरुबारे गाउँपालिका र टानका टोली बीच सोमवार छलफल समेत भएको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । ‘मनास्लु क्षेत्रका पदमार्गमा मोटरबाटो बन्दै गयो,’ उनले भने, ‘त्यसको बैकल्पिक पदमार्ग के हुन सक्छ भनेर त्यसको अध्ययनका लागि टानको टोली आएको रहेछ, उहाहरुसँग छलफल गरेर हामीले अध्ययनका लागि केही बैकल्पिक पदमार्गहरु प्रस्ताव पनि गरेका छौं।’

जगत सल्लेरी पातीगाउँ हुदैँ फिलिम जाने बाटो र छेकम्पार जाने पुरानो बाटोलाई बैकल्पिक पदमार्गको रुपमा अध्ययन गर्न प्रस्ताव गरिएको उनले जानकारी दिए । ‘२०४७ सालसम्म फिलिमबाट आंगास्यार्चुन हुदैँ लोक्पा निस्कने बाटो प्रयोग हुन्थ्यो, तर अहिले नयाँ बाटो प्रयोग हुन्छ,’ उनले भने, ‘त्यही पुरानो बाटोलाई पनि बैकल्पिक पदमार्गमा राख्न हामीले सुझाव दिएका छौ ।’

सिप्चेतबाट गणेश हिमाल बेस क्याम्प र ऐतिहासिक राजेन गुम्वा निस्कने बाटो, लोक्पाबाट चुम्लिङ रैजाम हुदै छेकम्पार निस्कने र फर्कदा चुम्चेत हुदैँ विही निस्कने बाटोलाई पनि बैकल्पिक पदमार्गको रुपमा अध्यनन गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष लामाले बताए । हाल मोटरबाटो गएको स्थानहरुमा पनि नजिकैबाट बैकल्पिक पर्यटकीय मार्ग बनाउने बिषयमा समेत छलफल भएको पालिकाले जनाएको छ ।

पालिकाका अनुसार वैकल्पिक पदमार्गलाई ‘चुमभ्याली बुद्धिजम ट्रेल’ नामाकरण गरिने भएको छ । उक्त पदमार्गको ठाउँमा ठाउँमा नयाँ सूचनाबोर्ड र नक्सा राखिने पालिका अध्यक्ष लामाले बताए ।

सोमवार चुमभ्याली पुगेको टानको टोली त्यहाँबाट फर्केर साम्दो हुदैँ धर्मशाला पुग्ने बताइएको छ । उक्त टोलीले स्थापित पदमार्गहरुको अध्ययन तथा लेखाजोखा गरी बैकल्पिक उपायहरुको पहिचान गरी सिफारिस गर्ने छ । प्रस्तावित पदमार्गको प्रवद्र्धनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गरिने टानले जनाएको छ ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?