+
+

चाडपर्वमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई छोड्दैनौँ : मन्त्री भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १८:४०

८ असोज, धनगढी। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना गर्दै कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

भण्डारीले स्वच्छ व्यापार, व्यवसाय प्रवद्र्धनका लागि उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै कृत्रिम अभाव र कालोबजारी सह्य नहुने बताएका हुन् ।

मंगलबार धनगढीमा कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले चाडपर्व लक्षित बजार अनुगमन तीव्र गतिमा अघि बढाइने बताए । अनुगमनका क्रममा अखाद्य वस्तुको कारोबार, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने मन्त्री भण्डारीले बताए ।

अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि सरकारले चाडपर्वको समयमा सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको बताउँदै भण्डारीले खाद्यान्न लगायतका वस्तुको मूल्य निर्धारण गरिएको बताए ।

उनले चाडपर्वका बेला हुने मागलाई ध्यानमा राखेर चिनीको मूल्य दुई अंकमा निर्धारण गर्ने तयारी पनि मन्त्रालयको रहेको उल्लेख गरे । अहिलेसम्म ४१ जिल्लाका ६१ ठाउँमा दशैँ तिहार लक्षित सुपथ मूल्य पसल समेत सञ्चालनमा ल्याइएको जानकारी भण्डारीले दिए ।

अत्यावश्यक वस्तुको स्वच्छ बजार र सहज उपलब्धता सरकारको चाहाना भएकोले उद्योगी, व्यवसायीले पनि त्यसमा सहयोग गर्नुपर्ने उनले बताए ।

स्वागत तथा अन्तरक्रिया कार्यक्रममा कैलालीका व्यवसायीले व्यापार/व्यवसाय गर्दा भोग्नुपरेका समस्याका बारेमा मन्त्री भण्डारीलाई जानकारी गराएका थिए । उनीहरुले उठाएका समस्या सामाधान गर्ने प्रतिबद्धता समेत भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?