+
+

रूख नकाट्न रतुवामाई नगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते १९:१२

८ असोज, विराटनगर। उच्च अदालत विराटनगरले सडक विस्तारको नाममा रुख नकाट्न रतुवामाई नगरपालिकाको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले रुख नकाट्न नगरपालिकाको नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

रतुवामाई नगरपालिकाले सडक किनारमा रहेका रुख भदौ ३० गतेबाट काट्न सुरु गर्ने भन्दै भदौ २८ गते सूचना जारी गरेको थियो ।

पालिकाले जारी गरेको सूचना रोक्न र बोटविरुवाको संरक्षणको माग गर्दै अभिवक्ताद्वय विनोदमणि भट्टराई र लबन न्यौपानेले रिट दायर गरेका थिए ।

सोही रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन विपक्षीलाई भनेको छ ।

साथै रिट निवेदकले माग गरेको अन्तरिम आदेशको सन्दर्भमा छलफल गर्न दुवै पक्षलाई असोज १४ गते उपस्थित हुन पनि उच्च अदालतले आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?