+
+

बुवाको स्मृतिमा आमन्त्रण गोल्डकपलाई राईले दिए सुन र चाँदी जडित ट्रफी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २०:२७

काठमाडौंँ । फिल्म निर्माता तथा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतिराज राईले ‘सातौं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’का लागि २ तोला सुन र २ किलो ५ सय ग्राम चाँदी जडित रनिङ ट्रफी प्रदान गरेका छन् ।

बेलबारीमा आयोजित समारोहबीच उनले रनिङ ट्रफी आफैले निर्माण गरेर आयोजकलाई प्रदान गरेका हुन् । एलएक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम बान्तावा राई र बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईलाई उनले ट्रफी प्रदान गरे ।

निर्माता राईले उक्त ट्रफी दिवंगत बुवा रुङ्माहाङ राईको स्मृति निर्माण गरेका हुन् । ट्रफी निर्माणमा उनलाई परिवारका सदस्य पोपिराज राई, पवित्रा राई, सरला राई र नानु राईले साथ दिएका छन् ।

ट्रफी तयार गर्न करिब ८ लाख रुपैयाँ लागेको जानकारी उनले गराए । ‘खेलाडीको हौसलाका लागि मैले ट्रफी बनाएको हो’, राइले भने ‘आगामी दिनमा पनि जे सक्छु, खेलाडीको हौसलाका लागि सहयोग गर्छु ।’ उनले २०४८÷०४९ सालमा आफ्ना बुवाको नाममा नकआउट फुटबल खेल आयोजना गरेको स्मरण गरे ।

लगातार ३ पटक विजेता बन्ने टोलीलाई ट्रफीको मुल्य अनुरुप रकम प्रदान गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा ट्रफी बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र निर्माता राईको हातबाट अनावरण समेत भयो ।

‘सातौं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ मोरङको बेलबारी नगरपालिका– ११ लक्ष्मी खेल मैदानमा असोज ११ गतेदेखि १९ गतेसम्म आयोजना हँुदैछ । आयोजना एलएक्स सिटी फुटबल क्लबले गर्दैछ । खेलकुदले स्थानीय खेलाडी र खेलकुदप्रेमीलाई प्रोत्साहन प्रदान गर्ने विश्वास गरिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?