+
+

कार दुर्घटनाको हल्ला फैलिएपछि प्रियंका : म सुरक्षित छु, ममीको सेटमा छु

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २१:०५

काठमाडौं । कार दुर्घटनामा आफ्नो निधन भएको हल्ला फैलिएपछि अभिनेत्री प्रियंका कार्कीले आफू सकुशल रहेको जानकारी गराएकी छन् । इन्स्टाग्राममा स्टोरी सेयर गर्दै उनले आफू सुरक्षित रहेको र यस्तो भ्रामक खबरमा विश्वास नगर्न आग्रह समेत गरेकी छन् ।

उनले लेखेकी छिन्, ‘कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक खबर फैलिएको छ । यो खबरमा कृपया विश्वास नगर्नुहोला । कृपया चिन्ता नगर्नूस । म पूर्णरुपमा सुरक्षित छु र ‘ममी’को सेटमा छु ।’

सेलेव्रिटीलाई लिएर यस्ता अफवाह सामाजिक संजालमा फैलने गरेको छ । पछिल्लोपटक कलाकार रामचन्द्र अधिकारीको निधनको भ्रामक खबर पनि फैलिएको थियो । उनले त्यतिबेला आफू सकुशल रहेको बताउनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?