+

पदक विजेता रोलर स्केट खेलाडीको स्वागत

२०८१ असोज  ८ गते २१:०७ २०८१ असोज ८ गते २१:०७
पदक विजेता रोलर स्केट खेलाडीको स्वागत

८ असोज, काठमाडौं । थाइल्याण्डमा सम्पन्न रोलर स्केट इन्डुरेन्स इन्टरनेसनल च्याम्पियनसिप २०२४ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हात पारेको छ ।

नेपाली खेलाडीहरुले विभिन्न इभेन्टहरूमा सहभागी हुँदै कुल २० स्वर्ण, ६ रजत र ४ कांस्य पदक जित्न सफल भएको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् ।

खेलाडीहरुलाई मंगलबार राखेप सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्वागत गर्दै बधाइ दिए ।

प्रतियोगितामा नेपालका खेलाडीहरु कुनाल कामत, गोविन्द गोयाल, इशाना शर्मा र आध्या शर्माले सहभागिता जनाएका थिए । कुनाल कामतले १४ वटा इभेन्टमा भाग लिँदै भारतबाहेक अन्य देशमध्ये सबैभन्दा बढी स्वर्ण पदक जितेका छन् ।

उनी ११ स्वर्ण र ३ कांस्य पदक जित्दै सबैभन्दा बढी पदक प्राप्त गर्ने खेलाडी बनेका छन् र ‘प्लेयर अफ दी इयर’को ट्रफी पनि हासिल गरेको संघका सचिव दिनेश बजगाईंले बताए ।

गोविन्द गोयलले ६ इभेन्टमा भाग लिँदै ३ स्वर्ण र ३ रजत पदक जितेका छन् । इशाना शर्माले ७ इभेन्टमा ३ स्वर्ण, ३ रजत, र १ कांस्य पदक जितेकी छन्। त्यस्तै आध्या शर्माले ३ इभेन्टमा ३ स्वर्ण पदक जितेकी छन् ।

भारतले ६६ स्वर्ण पदक जित्दै प्रतियोगितामा पहिलो स्थान हासिल गरेको छ । नेपालले कुल पदक संख्यामा उच्च प्रदर्शन गर्दै दोस्रो स्थान पाएको छ भने तेस्रो स्थानमा फिलिपिन्सले कब्जा जमाएको छ ।

नेपाल स्केटिङ तथा स्केट्बोडिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार नेपाली खेलाडीहरुको यो प्रदर्शनले देशको खेलकुद क्षेत्रमा नयाँ उचाइ थपेको बताउदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचानलाई थप सशक्त बनाएको बताए ।

अध्यक्ष खनालले नेपालको यो सफलताले खेलकुद क्षेत्रमा नयाँ जोश थपेको छ भने खेलाडीहरुको आत्मविश्वास र मेहनतलाई पनि प्रोत्साहित गरेको बताए ।

खेलकुद रोलर स्केट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय