+
+

धनुषा प्रहरीको हिरासतबाट भागेका सबै थुनुवा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २१:१०

८ असोज, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेका सबै थुनुवा पनि पक्राउ परेका छन् ।

धनुषाको औरही गाउँपालिका २ का २३ वर्षीय विशाल मुखिया र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डललाई प्रहरी पक्राउ गरेको हो ।

मुखियालाई राति नै जनकपुरबाट र मण्डललाई नेपाल भारत सीमा क्षेत्रबाट मंगलबार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

यसअघि सोमबार नै ७ फरार थुनुवालाई प्रहरीले पक्राउ गरेको थियो ।

लागूऔषध मुद्दाका जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम उपमहानगरपालिका १ का १७ वर्षीय सुमित मेस्तर, लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो ।

आइतबार राति नै भाग्ने क्रममा सत्यम झालाई जनकचोकबाट पक्राउ गरेको थियो । यससँगै भागेका ९ थुनुवा नै पक्राउ परेका छन् । उनीहरु योजनाबद्ध रुपमा हेक्सो ब्लेडले हिरासतको शौचालयको भेन्टिलेसन काटेर आइतबार राति फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?