+
+

वर्षाको कारण नेपाल र ओमानबीचको खेल सुरु हुन ढिलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ८ गते २१:१८

८ असोज, काठमाडौं – वर्षाको कारण आईसीसी विश्वकप लिग -२ मा नेपाल र ओमानबीचको खेल प्रभावित बनेकोछ । खेल नेपाली समय अनुसार आज राती ८ : ४५ मा क्यानडाको किंग सिटीमा सुरु हुनुपर्ने थियो । तर क्यानडामा बिहानै देखि वर्षा परेको थियो । अहिलेपनि सिमसिमे वर्षा जारीछ ।

क्यानडा भ्रमणमा नेपालको म्यानेजर रहेका श्री केसीका अनुसार अहिले पनि मैदानमा सिमसिमे वर्षा निरन्तर जारीछ । नेपाल पहिलो खेलमा क्यानडासँग १०३, दोस्रो खेलमा ओमानसँग १ विकेट र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजित भएको थियो ।

लिग २ मा नेपाल ७ खेलमा २ अंकका साथ सातौं स्थानमाछ । ओमान ६ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै छैटौं स्थानमा छ । क्यानडा ११ खेलमा १४ अंकका साथ शीर्ष स्थानमाछ । अमेरिका र नेदरल्यान्ड्सको समान १२-१२ अंक छ । नेटरनरेटका कारण अमेरिका दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?