+
+

झापामा घुस सहित पक्राउ परे वडाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ५:४०
सांकेतिक फोटो

९ असोज, काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।

ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहान समेत पक्राउ परेका सहायक प्रवक्ता थपलियाले बताए ।

घुस लेनदेनको सूचना टेलिफोन मार्फत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?