+

म्यानचेष्टर सिटी र चेल्सी लिग कपको चौथो चरणमा

२०८१ असोज  ९ गते ८:२२ २०८१ असोज ९ गते ८:२२
म्यानचेष्टर सिटी र चेल्सी लिग कपको चौथो चरणमा

९ असोज, काठमाडौं । प्रिमियर लिगका क्लबहरू म्यानचेष्टर सिटी र चेल्सी इंग्लिस लिग कपको चौथो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार राति भएको तेस्रो चरणको खेलमा सिटीले दोस्रो श्रेणीको वाटफोर्डलाई २-१ ले हरायो । अधिकांक दोस्रो रोजाइका खेलाडी खेलाएको सिटीका लागि जेरेमी डोकुले पाँचौ र माथ्युज नुनेनजले ३८औं मिनेटमा गोल गरे । वाटफोर्डका लागि टोनी इन्सले ८६औं मिनेटमा एक गोल फर्काए ।

यस्तै अर्को खेलमा क्रिस्टोफर एनकुन्नकुको ह्याट्रिकमा चेल्सीले चौथो डिभिजनको बारोलाई ५-० ले हरायो ।

एनकुन्कले खेलको आठौं, १५औं र ७५औं मिनेटमा गोल गरे । यस्तै नेटोले ४८औं मिनेटमा गोल गरेका थिए । बारोका पाउल फरम्यानले एक आत्मघाती गोल गरेका थिए ।

यस्तै प्रिमियर लिगकै लेस्टर सिटीले चौथो डिभिजनको वालसाललाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको छ ।

चेल्सी म्यान्चेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय