+
+

धनुषाधाममा पोखरीमा डुबेकी बालिकाको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ८:३०
शव भेटिएको ठाउँमा जम्मा भएका स्थानीय ।

८ असोज, जनकपुरधाम । धनुषाको धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ ।

धनुषाधाम नगरपालिका-३ स्थित रहेको पोखरीमा स्थानीय  बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल सोमबार मंगलबार नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार हिजो दिउँसोदेखि नै उनको खोजीकार्य गरे पनि साँझसम्म फेला परेकी थिइनन् । बिहान शव पानीमाथि तैरिएको अवस्थामा फेला परेको हो ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?