+
+

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद निष्कासन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ८:३९

९ असोज, काठमाडौं । सुपर मादी हाइड्रोपावरले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । साथै सो बोनस सेयरको कर प्रयोजनका लागि नगद लाभांश पनि छुट्याएको छ ।

कम्पनीले कात्तिक ५ गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभाका लागि असोज १८ गते बुक क्लोजको मिति तय गरेको छ । असोज १७ गतेसम्म सेयर होल्ड वा खरिद गरेका लगानीकर्ता साधारणसभामा भाग लिन र लाभांशका लागि योग्य हुनेछन् ।

कम्पनीले ताप्लेजुङ जिल्लामा निर्माणाधीन अवस्थामा रहेको २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजनामा लगानी गर्न हकप्रद निष्कासन गर्ने जनाएको छ । यसका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिनेगरी प्रस्ताव लगिँदैछ । मंगलबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?