+
+

रवीन्द्रको दाबीमा प्रचण्डको सचिवालयको खण्डन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ९:०९

९ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले ‘पञ्चायकालमा राम्रो काम भएको र महेन्द्र भिजनरी राजा भएको’ भनेको रवीन्द्र मिश्रको दाबीमा सचिवालयले खण्डन गरेको छ ।

प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच मंगलबार खुमलटारमा भेटवार्ता भएको थियो । भेटवार्तापछि मिश्रले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रचण्डले निरन्तरताको क्रमभंगता खोजेको दाबी गरेका थिए ।

प्रचण्ड सचिवालयले भने मिश्र आफैंले राखेको निजी विचारलाई प्रचण्डको विचार भन्दै टिप्पणी गरेको भन्दै खण्डन गरेको छ ।  ‘उहाँका विचार भनेर मिश्रजीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रस्तुत गर्नु राजनीतिक संस्कार होइन’, सचिवालयले विज्ञप्तिमार्फत भनेको छ ।

सचिवालयले पञ्चायतको निरंकुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगति र जनताको बर्बादीबारेबारे जनतामा भ्रम नरहेको भन्दै विज्ञप्तिमा भनेको छ, ‘यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?