+
+

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान, केके चाहिन्छ कागजात ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते ११:१५

९ असोज, काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तह सदस्यको उपनिर्वाचनका लागि असोज १० गतेदेखि दल दर्ता सुरु हुने भएको छ । असोज १० गतेदेखि असोज १६ गतेसम्म दल दर्ताको कार्यक्रम छ ।

निर्वाचन आयोगले आज सूचना जारी गरी राजनीतिक दल सम्बन्धत्री नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ । निवेदन कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय समयभित्र दर्ता गराउन सकिने छ ।

निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता उल्लेख गर्नुपर्ने छ ।

दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरेको मिति, दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि उल्लेख गर्नुपर्ने छ ।

यस्तै दलको केन्द्रीय स्तर र प्रदेश स्तरको संगठनात्मक स्वरुप, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत उपलब्ध गराउनुपर्ने आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका ददे आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वको दलको विवरणसमेत देखिने गरी तयार पारिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने छ ।

आर्थिक वर्ष २०८०/८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन समेत आवश्यक पर्ने आयोगले जनाएको छ ।

दल दर्ताका लागि दिइएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत आवश्यक पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?