+
+

फिल्मको मुख्य प्लट खुलाउने ‘ज्वाइँ साब’को दृश्य टिकटकमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १२:४५

काठमाडौं । फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्वाइँ साब’को एक महत्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ । निर्देशक वसन्त निरौलाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन गरिएको एक दृश्य बाहिरिएको बताए ।

‘टिकटकमा सार्वजनिक भएको हामीले पनि देख्यौं । छायांकनको क्रममा भीडलाई नियन्त्रण गर्ने अवस्था पनि थिएन’ निर्देशक निरौलाले भने, ‘लिक्ड होला भनेर हामीले अपेक्षा गरेका थिएनौं ।’

सार्वजनिक भएको उक्त दृश्य क्लाइमेक्सको नभएको उनले बताए । १५ सेकेण्ड लामो दृश्यमा जितु नेपाल र नीति शाहलाई देख्न सकिन्छ । जितु बच्चा च्यापेर विदेशतिर जान लागेको देखिन्छ भने नीति राष्ट्रिय झण्डा च्यापेर जितुलाई बिदाई गरिरहेकी छिन् ।

यो मर्मस्पर्शी दृश्यले फिल्मको महत्वपूर्ण प्लटलाई भने सार्वजनिक गरिदिएको बुझ्न सकिन्छ । अनलाइनखबरसँग कुरा गर्दै जितुले पनि यो दृश्य बाहिरिंदा कथाको महत्वपूर्ण पाटो बाहिरिएको बताए । फिल्ममा जितु र नीतिले दम्पतीको भूमिका निर्वाह गरेको देख्न सकिन्छ । यो फिल्मबाट निरौला लामो समयको अन्तरालपछि निर्देशनमा फर्किएका हुन् ।

पछिल्लो समय टिकटकमा छायांकनका दृश्य धमाधम लिक्ड हुन लागेका छन् । भक्तपुरमा छायांकन भइरहेको तेलुगु फिल्म ‘ज्याक’को छायांकनका दृश्य भाइरल छन् भने डोल्पामा सुट भइरहेको ‘लाज शरणम्’का दृश्य पनि टिकटकमा आउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?