+

काठमाडौं-१६ ले जित्यो प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि

२०८१ असोज  ९ गते १३:५३ २०८१ असोज ९ गते १३:५३
काठमाडौं-१६ ले जित्यो प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको १६ नं. वडाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामाको उपाधि जितेको छ ।

वडानम्बर २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भएको फाइनलमा वडा नं. १६ ले वडा नं १२ लाई ५-२ ले हराउँदै उपाधि जितेको हो ।

पहिलो हाफ गोलरहित टुङिगएको थियो । तर, मध्यान्तरपछि खेल सुरु भएको पहिलो मिनेटमै वडा नं १२ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा नं १६ ले अग्रता बनायो ।

त्यसपछि आयुष कुँवर, रविन निरौला र सुजत डङ्गोलले गोल गरी विजयी टिमलाई ४–० को आरामदायक अग्रता दिलाए  ।

मनोज महर्जन र सिद्धार्थ देउलाको गोलबाट वडा १२ ले खेलमा फर्किने प्रयास गरेको थियो । तर, खेल सकिनै लाग्दा श्रेयान्स मानन्धरले गोल गरेपछि वडा १६ फराकिलो गोल अन्तरसहित च्याम्पियन बन्यो । श्रेयान्स फाइनलको म्यान अफ दि म्याच पनि बने ।

उपाधि विजेता वडा १६ ले ट्रफीसहित दुई लाख रुपियाँ प्राप्त गर्यो । उपविजेता वडा १२ ले ट्रफी र एक लाख रुपियाँमा चित्त बुझायो ।

वडा नं १६ का आयुष कुँवर प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित भए । उपाधि विजेता टिमकै मनोज महर्जन सर्वाधिक गोलकर्ता बने ।

उत्कृष्ट गोलरक्षकको पुरस्कार वडा नं १२ का मनोज महर्जनलाई प्रदान गरियो । व्यक्तिगत विधातर्फ उत्कृष्ट तीनै जना खेलाडीले जनही १० हजार रुपियाँ प्राप्त गरे ।

समापन समारोहमा पकाठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मध्यान्तरसम्म फाइनल खेलको अवलोकन गरेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रशासकिय प्रमुख सरोज गुरागाईं तथा आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले विजेता तथा उपविजेता र व्यक्तिगत विधामा सर्वश्रेष्ठ खेलाडीहरुलाई ट्रफी, पदक तथा पुरस्कार रकमको चेक प्रदान गरे ।

अध्यक्ष महर्जनले वडा नं २३ ले अर्को वर्ष तेस्रो संस्करण अझ भव्यताका साथ आयोजना गर्ने बताए ।

गत असोज १ गते सुरु भएको नकआउट प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाले सहभागिता जनाएका थिए ।

फुटसल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय