+
+

एनसेल फाउन्डेसनद्वारा बिर्तामोडमा निःशुल्क पाठेघर मुखको क्यान्सर स्क्रिनिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १३:४१

काठमाडौं । एनसेल फाउन्डेसनले झापाको बिर्तामोड नगरपालिका-५ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार महिलाको पाठेघरको मुखमा हुने क्यान्सरको स्क्रिनिङ शिविर सञ्चालन गरिएको फाउन्डेसनले जनाएको छ ।

निःशुल्क शिविरमा १२० जनाभन्दा बढी  स्थानीय महिलाहरूले स्वास्थ्य परीषण गराएका थिए । जसमध्ये ९० जनाभन्दा बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’ बाट लाभ लिएका थिए ।

नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले आगामी दिनमा यस किसिमका पहलहरू अन्य प्रदेशमा पनि विस्तार गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?