+
+

‘प्रेमगीत ३’ नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १४:२५

काठमाडौं । २०७९ सालको दशैंमा हलमा रिलिज भएको फिल्म ‘प्रेमगीत ३’ नेपाली ओटीटी प्लाटफर्म ‘सिनेमाघर’मा रिलिज भएको छ । सबै देशबाट दर्शकले नेपाली भाषामा यो फिल्म हेर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

हलमा चाहिं नेपाली र हिन्दी भाषामा रिलिज भएको थियो । सन्तोष सेन र छेतेन गुरुङ निर्देशित फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा र योगिशा खत्रीको अभिनय छ ।

फिल्मले खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा भन्छ । प्रेम शुभ ज्योतिषीय समयमा जन्मिएका थिए र भविष्यमा राजा हुने भविष्यवाणी गरिएको थियो । तर यो परिस्थितिबीचमा उनी आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीसँग जुध्न बाध्य हुन्छन्, जुन थियो उनको प्रेम ।

‘प्रेमगीत ३’ रिलिजसँगै सिनेमाघरले नयाँ अपडेट ल्याएको जनाएको छ । यसअघि एन्ड्रोइड र आईओएस मोबाइल तथा स्मार्ट टिभी प्लाटफर्ममा मात्र सीमित रहेको यो ओटीटीलाई अबदेखि डेस्कटपमा पनि हेर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?