+
+

अस्ट्रेलियाका विभिन्न सहरमा गुञ्जिंदै रामकृष्ण ढकाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १४:५०

सिड्नी । गायक रामकृष्ण ढकाल अस्ट्रेलियाको सांगीतिक टुरमा आउने भएका छन् । सिड्नीस्थित पाल्पा सर्भिसेसले आयोजना गर्ने कार्यक्रममा रामकृष्णले लाइभ बाद्यवादनसहित आफ्ना लोकप्रिय गीतहरु सुनाउनेछन् ।

‘उहाँलाई सुन्न सिड्नीका नेपाली अधैर्य छन्, हामीले तयारी पूरा गरिसकेका छौं । गायक रामकृष्ण ढकालले स्थानीय बाद्यवादकको लाइभ म्युजिकमा गीत गाउनु हुनेछ’ ए टु जेट क्लिनिङ सप्लायर्सका कृष्ण थापाले भने ।

एक महिना लामो अस्ट्रेलियाको सांगीतिक टुरमा सिड्नीका साथै रामकृष्ण क्यानबेरा, न्युक्यासल, मेलबर्न लगायतका सहरमा गुञ्जिनेछन् । ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ नाम दिइएको सांगीतिक भ्रमणको सुरुवात सिड्नीबाट हुनेछ ।

रामकृष्णले पनि सामाजिक सञ्जालमार्फत खुसी साट्दै भनेका छन्, ‘केही समयको अन्तरालपछि सिड्नी आउँदैछु । मेरा नयाँ र पुराना गीत-संगीतका साथ हाम्रो जमघट हुनेछ । हामी छिट्टै भेट्नेछौं ।’

सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा सेप्टेम्बर २८ मा रामकृष्णको सांगीतिक प्रस्तुति तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?