+
+

सरकारले खोल्यो सुपारी, केराउ र मरिच आयात

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १८:४५

९ असोज, काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिच आयात खुला गरेको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक कच्चापदार्थ सुपारी, केराउ र मरिच पैठारी व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८ का प्रक्रिया पूरा गरी आयात गर्न पाउने गरी आयात खुला गरेको जनाएको छ ।

मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीका अनुसार आर्थिक वर्ष २०८१÷८२ का लागि औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरिच आयात प्रतिबन्ध हटाइएको हो ।

सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन २०१३ अनुसार यस्ता वस्तु पैठारीमा बन्देज लगाएको छ । यस्तो बन्देज चैत २०७६ मा लगाइएको हो । सरकारले सूचनामा कुन वस्तुको कति परिमाण आयात गर्न दिने भन्नेबारे खुलाइएको छैन ।

यसले औद्योगिक प्रयोजनका नाममा पुनः तस्करी बढ्ने सम्भावना समेत रहने छ । इन्डोनेसिया, मलेसिया, क्यानडा लगायत तेस्रो मुलुकबाट नेपालमा सुपारी तथा केराउ लगायत वस्तु आयात हुन्छन् ।

यहाँबाट तस्करी भई भारतीय बजार पुग्ने गरेसँगै त्यसबेला सरकारले आयातमा बन्देज लगाएको थियो । यसले नेपाली किसानको उत्पादनले बजार नपाउने र सरकारले समेत राजस्व गुमाउने अवस्था आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?