+
+

कैलालीमा गोठालो जाँदा हराएका दुई किशोरी सकुशल भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १६:४१
फाइल फोटो ।

९ असोज, धनगढी । कैलालीमा गोठालो गएका बेला सम्पर्कविहीन भएका दुई जना किशोरी सकुशल भेटिएका छन् । भजनी नगरपालिका–९ को गन्जवाका १३ वर्षीया सन्जु सार्की र १४ वर्षीया आरती विक मंगलबार गोठालो गएका बेला जंगलबाट सम्पर्कविहीन भएका थिए ।

तर बुधबार बिहान भने दुवै जना सकुशल भेटिएको प्रहरीले जनाएको छ । बिहान बाख्रा चराउन स्थानीय सरस्वती सामुदायिक वन गएका दुवै जना साँझ ८ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई खबर गरेका थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले स्थानीयको सहयोगमा रातभर जंगल क्षेत्रमा खोजी गर्दा समेत नभेटिएका दुवै किशोरी बुधबार बिहान सकुशल भेटिएको जानकारी दिए ।

उनकाअनुसार ५० जना स्थानीयको सहयोगमा राति प्रहरीले जंगलमा खोजी गरेको थियो तर फेला पार्न नसकेपछि बुधबार बिहानैदेखि फेरी खोजी गर्न थालिएको थियो । खोज्न स्थानीय र प्रहरी जंगलतर्फ गइरहेका बेला बुधबार ८ बजे दुवै जना घरतर्फ आइरहेको अवस्थामा भेटिएको एसपी विष्टले बताए ।

उनीहरुले जंगलमा बाख्रा हराएपछि बाख्रा खोज्दाखोज्दै राति परेपछि घर फर्किन नसकेको प्रहरीलाई बताएका छन् । दुवै जना रातभर रुखको ओत लागेर जंगलमा सुतेको बताएका छन् । प्रहरीकाअनुसार उनीहरुले चराउन लगेका बाख्रा समेत जंगलबाट दुई समूहमा बाडिएर अबेर साँझ मात्र घर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?