+

ओडीआईमा नेपालको वरीयता खस्कियो

२०८१ असोज  ९ गते १७:१७ २०८१ असोज ९ गते १७:१७
ओडीआईमा नेपालको वरीयता खस्कियो

९ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान तल झरेको छ । यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा छ ।

आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता खस्किएको हो ।

नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा छ । युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा छ ।

अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको छ ।

स्कटल्यान्ड ११ औं, आयरल्यान्ड १२ औं, जिम्बावे १३ औं र नेदरल्यान्ड्स १४ औं स्थानमा यथावत छन् । भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो, न्युजिल्यान्ड पाँचौं, श्रीलंका छैटौं, इंग्ल्यान्ड सातौं, बंगलादेश आठौं, अफगानिस्तान नवौं र वेस्ट इण्डिज दशौं स्थानमा छन् ।

ओडीआई वरियता क्रिकेट नेपाल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८