+
+

ओडीआईमा सन्दीप, करण र गुल्सनको वरीयता सुधार

६ खेलाडीको वरियता खस्कियो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ९ गते १८:२२
करण केसी, सन्दीप लामिछाने र गुल्सन झा ।

९ असोज, काठमाडौं । तीव्र गतिका बलर करण केसी, गुल्सन झा र स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नयाँ ओडीआई वरीयतामा सुधार गरेका छन् ।

ओपनर कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी र सोमपाल कामीको वरीयता खस्किएको छ ।

ओडीआईमा ब्याटिङतर्फ ओपनर आसिफ शेख ११ स्थान तल झर्दै ७९ औं स्थानमा पुगेका छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दा ८० औं स्थानमा छन् । रोहित पौडेल ८७ औं स्थानमा यथावत छन् ।

ओडीआईको अलराउन्डरतर्फ सन्दीपले एकै पटक २२ स्थान सुधार गरेका छन् । अष्ट्रेलियाका ट्रविस हेड, एडम जाम्पा र सन्दीपको समान १४७ अंक हुँदा ४१ औं स्थानमा छन् ।

बलिङतर्फ भने उनी ४८ औं स्थानमा यथावत छन् । ललित राजवंशीको दुई स्थान खस्किदा ५२ औं स्थानमा पुगेका छन् । एक स्थान खस्किएका दीपेन्द्र ६४ औं स्थानमा छन् ।

अलराउन्डरतर्फ करण केसीले एकै पटक ११ औं स्थान सुधार गर्दै ७६ औं स्थानमा उक्लिएका छन् ।

गुल्सन झाले १३ स्थान सुधार गर्दै ९० औं स्थानमा छन् । त्यस्तै ललित राजवंशीले १ स्थान सुधार गर्दै ९४ औं स्थानमा छन् ।

नेपालको ओडीआई वरीयता पनि खस्किएको छ । नेपाल नेपाल १ स्थान तल झदै १७ औं स्थानमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?