+

गण्डकीको ट्यालेन्ट हन्टबाट सोइङ्ग थापा छनोट

२०८१ असोज  ९ गते २०:४० २०८१ असोज ९ गते २०:४०
गण्डकीको ट्यालेन्ट हन्टबाट सोइङ्ग थापा छनोट

९ असोज, काठमाडौं। एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल) का लागि गण्डकी थण्डर्सले बुधबार ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न गरेको छ ।

भलिबलको सुन्दर नगरी पोखरा रंगशालाको भलिबल कोर्टमा आयोजित ट्यालेन्ट हन्टबाट सोइङ थापा विजेता बन्दै इडब्लुभिएल खेल्न छनोट भएकी हुन् ।

ट्यालेन्ट हन्टमागण्डकीबाट ३० जना खेलाडी उक्त कार्यक्रममा सहभागि भएका थिए । १७ वर्षकी थापा हाल पोखरामा बस्दै आएकी छन् । ५ फिट ८ इन्च हाइट भएकी उनी स्याङ्झा कालीगण्डकीकी हुन् ।

थापालाई गण्डकी थण्डर्सको म्यानेजमेन्ट टिम गण्डकीका प्रवन्धक विकास खेतानको नेतृत्वमा रहेको म्यानेजमेन्ट टिमले छनोट गरेको हो ।

छनोट कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, राखेपका सदस्य मधुसुदन सुवेदी, परिषदकी सदस्य शुभकन्या गुरुङ, केशव पाठक, नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङ, नेपाल भलिबल संघका पूर्व सचिब डिवी नेपाली सहितको उपस्थिती रहेको थियो ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइजी लिगमा हरेक टोलीले ट्यालेन्ट हन्टमार्फत एक खेलाडी टिममा राख्नुपर्ने नियम रहेको थियो । सोही नियम अनुसार उनलाई छनोट गरिएको हो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट महिला भलिबल लिग यही असोज १४ देखि १९ गतेसम्म दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।

गण्डकी थन्डर्सको टोली

सरस्वती चौधरी, प्रगति नाथ, कविता भट्ट, रीमा कुँवर, आरती चौधरी, स्नेहा ठगुन्ना, लक्ष्मी चन्द, सरस्वती जैसी, एलिसा रुबियक, शिल्पा सिन्धु, एकातोरिना जुभ्यागिन्त्सेभा, जुही शा

गण्डकी ट्यालेन्ट हन्ट सोइङ्ग थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय