+
+

नागरिक उड्डयन कार्यालयले भन्यो- चङ्गा, ड्रोन र बेलुन नउडाउनू

चङ्गा, ड्रोन वा बेलुन उडाउँदा हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते ७:०२

१० असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो ।

दशैं नजिकिएसँगै चङ्गा उडाउने गरिएको छ । त्यसले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने अधिकारीहरुको भनाइ छ । त्यसैले सूचनाको पालना गर्दै हवाई जहाज उड्ने क्षेत्रमा चङ्गा, बेलुन वा ड्रोन नउडाउन भनिएको हो ।

यदि कसैले यो सूचनाको अवज्ञा गरे/गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?