+
+

‘नहेर मलाई’को म्युजिक भिडियो सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते ९:१५

१० असोज, काठमाडौं । म्युजिक भिडिओ ‘नहेर मलाई’ बुधबार सार्वजनिक भएको छ । भिडियो विक्रम योङहाङले निर्देशन गरेका छन् ।

भिडियोले दुई प्रेमीबीचको सम्बन्धको कथा भन्ने प्रयास गरेको छ । फोटो खिच्दै एउटा गाउँ पुगेको फोटोग्राफरको भेट गाउँकी युवतीसँग हुन्छ । र उनीहरूबीच प्रेम मौलाउँदै जाने भिडियोमा देखाइएको छ ।
भिडियोमा कलाकार रमिता राई, युगल लिम्बु र उत्तम योङहाङले अभिनय गरेका छन् ।

रमिता र युगल रंगकर्मी समेत हुन्।

त्यसैगरी अन्जु आङ्बो, अनिषा योङहाङ, बाना केरुङ, हैकम थुलुङ, फुङ्गना योङहाङ र रुपा लिम्बुको पनि अभिनय देख्न सकिन्छ। भिडिओलाई भूपेन योङहाङले खिचेका छन्।

निर्देशक विक्रमकै शब्द रहेको गीतमा गायक दीपक तामाङको स्वर छ भने गोविन्द चेमजोङले संगीत भरेका छन् । गीतलाई पुष्कर खत्रीले एरेन्ज गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?