+

लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी

२०८१ असोज  १० गते ९:२१ २०८१ असोज १० गते ९:२१
लेवान्डोस्कीको गोलमा बार्सिलोना विजयी

१० असोज, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको एक मात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा गएराति गेटाफेलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले १९ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यही गोल नै क्याटलान क्लबलाई ३ अंक दिलाउन निर्णायक बन्यो ।

यस सिजन ला लिगामम उत्कृष्ट लयमा रहेको बार्सिलोनाको यो लगातार सातौं जित हो । ७ खेलबाट २१ अंक जोडेर बार्सिलोना शीर्ष स्थानमा आसिन छ ।

बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ४ अंकको अग्रता समेत बनाएको छ । रियलको समान खेलबाट १७ अंक छ ।

बार्सिलोना स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२
6 Stories
६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

६ खानेकुरा, जसले प्रजनन क्षमता बढाउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १५:५८