+
+

भरतपुर क्यान्सर अस्पतालको २५औं वार्षिकोत्सव, राष्ट्रपति पौडेल चितवन आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते ९:३४

१० असोज, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस समारोह उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज चितवन आउने भएका छन् ।

अस्पतालका चिकित्सक डा. अनिलविक्रम कार्कीले दिएको जानकारी अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमा विहान ११ बजे चितवन आउने छन् । उनी डेढ घण्टा क्यान्सर अस्पतालको कार्यक्रममा सहभागी भएर पश्चिम नवलपरासीको सुस्तामा बनेको झोलुङ्गे पुलको उद्घाटन गर्न जाने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलसँगै कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, ऊर्जा तथा जलस्रोत मन्त्री दिपक खड्का, बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा पनि क्यान्सर अस्पताल आउने छन् । २०५७ सालदेखि क्यान्सरका बिरामीको उपचार सेवा सुरु गरेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रममा आयोजना गरेको थियो ।

देशका ६० प्रतिशत क्यान्सर बिरामीहरुको उपचार गर्दै आएको अस्पताल ५ सय वेड क्षमता छ । चीन सरकारको सहयोगमा निर्माण भएको क्यान्सर अस्पतालमा बर्सेनि ६ हजार भन्दा बढि नेपाली तथा भारतका बिरामीहरुको उपचार हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?