+
+

रेड नोटिस जारी भएका ३ नेपाली दुबईबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १२:३४

१० असोज, काठमाडौं । ठगी र जबर्जस्ती करणी सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना नेपाली दुबईबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ठगी मुद्दामा फरार रहेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहरा र काठमाडौं नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी रहेका छन् । त्यस्तै जबर्जस्ती करणी मुद्दामा फरार रहेका मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ का २६ वर्षीय रोमन कार्की पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये भुपेन्द्र बोहरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न  इन्टरपोल महासचिवालयले १६ जेठ २०७९ मा रेड नोटिस जारी भएको थियो ।

यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीको अनुरोधमा इन्टरपोल महासचिवालयले २४ साउन २०७९ मा कबिर बुढाथोकी र १२ असार २०८१ मा रोमन कार्कीविरुद्ध  रेड नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?