+
+

अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

राजन घिमिरे राजन घिमिरे
२०८१ असोज १० गते १३:३९

सिड्नी । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी दिए ।

अस्ट्रेलियामा ‘छक्कापञ्जा’का अघिल्ला सिरिज हल भाडामा लिएर प्रदर्शन गरिंदै आएको भए पनि यसपटक नियमित रिलिज हुने उनले बताए । ‘हामीले यसअघि पनि चलचित्र फर्की फर्कीको पनि बक्स अफिस रिलिज गरेका थियौं’ गिरीले भने, ‘यहाँ रहनुहुने नेपालीहरूको सहजता र सुझावलाई ध्यानमा राखेर छक्कापञ्जा-५ को पनि बक्स अफिस रिलिज गर्न लागिएको हो ।’

यो फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार रगडेल ब्वाइज, नमस्ते इन्टरटेनमेन्ट र ग्रिस इन्टरटेनमेन्टले संयुक्त रूपमा खरिद गरेका हुन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको ‘छक्कापञ्जा ५’ मा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?