+

वालिङ नगरपालिका एन्फा महिला सुपर लिगमा छनोट

२०८१ असोज  १० गते १४:३१ २०८१ असोज १० गते १४:३१
वालिङ नगरपालिका एन्फा महिला सुपर लिगमा छनोट

१० असोज, ललितपुर । स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बिहीबार चन्द्रपुर नगरपालिकालाई २-१ ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको छ ।

पहिलो तरणको आफ्नो अन्तिम खेलमा जित निकालेपछि वालिङले शीर्ष पाँचमा स्थान सुरक्षित गर्दै सुपर लिगमा स्थान पक्का गरेको हो ।

१० टोली सहभागी लिगमा पहिलो चरणको खेलपछि शीर्ष पाँचमा रहने टोली सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नासालीले पहिलो हाफमा गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनारले दोस्रो हाफमा एक गोल गरिन् ।

खेलको पाँचौं मिनेटमै सुक्रियाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ३६ मिनेटमा ज्याकलिनले गोल गर्दै वालिङको अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफको सुरुमै सुनिताले गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर त्यसपछि थप गोल हुन सकेन ।
दोस्रो हाफमा दुवै टोलीले गोलका लागि खासै अवसर बनाउन सकेनन् । जितपछि ९ खेलबाट १५ अंक जोडेको वालिङले अंकतालिकामा चौथो स्थानमा रहँदै पहिलो चरण सकाएको छ ।

तीन विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबले यसअघि नै सुपर लिगमा स्थान बनाइसकेका छन् । हारपछि चन्द्रपुर भने सुपर लिग होडबाट बाहिरिएको छ । चन्द्रपुरले ९ खेलबाट अंक मात्र जोड्यो ।

बिहीबारे दोस्रो खेलमा कोशी र सुदूरपश्चिमबीच खेल हुनेछ । उक्त खेलमा जित हात पारे कोशी पनि सुपर लिगमा छनोट हुनेछ ।

एन्फा महिला सुपर लिग वालिङ महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११