+

टेस्ट र टी–२० क्रिकेटबाट सकिबले लिए सन्न्यास

२०८१ असोज  १० गते १४:४४ २०८१ असोज १० गते १४:४४
टेस्ट र टी–२० क्रिकेटबाट सकिबले लिए सन्न्यास

१० असोज, काठमाडौं । बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसनले टेस्ट र टी–२० आई क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

उनले घरेलु मैदानमा आगामी अक्टोबरमा दक्षिण अफ्रिकासँग हुने दुई टेस्ट खेलको सिरिजपछि नखेल्ने घोषणा गरेका हुन् ।

भारत भ्रमणमा रहेका उनले पत्रकारहरुसँगको कुराकानीमा सन्यास लिएको जानकारी दिएका हुन् । भारत र बंगलादेशबीच दोस्रो टेस्ट शुक्रबारदेखि कानपुरमा सुरु हुँदैछ । ३७ वर्षीय उनले बंगलादेशबाट ७० टेस्ट, २४७ ओडीआई र १२९ टी–२० आई खेल खेलेका छन् ।

टेस्टमा उनले सन् २००७ मे १८ मा भारतविरुद्ध डेब्यू गरेका थिए । टेस्टमा उनले ५ शतक र ३१ अर्धशतकसहित कुल ४६०० सय रन बनाउनुको साथै २४२ विकेट लिएका छन् । २०१७ मा न्युजिल्यान्डविरुद्ध बनाएको २१७ रन नै उनको टेस्ट करिअरको उत्कृष्ट ब्याटिङ हो ।

टी–२० आईमा भने उनले २००६ मा जिम्बावेविरुद्ध डेब्यू गरेका थिए । उनले टी–२० आईमा २५५२ रन बनाउनुको साथै १४९ विकेट लिएका छन् ।

क्रिकेट सकिब अल हसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२