+
+

मृत्युको नजिक हुँदा पनि किन कोही मानिसले खुसी महसुस गर्छन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १४:५२

१० असोज, काठमाडौं । कतिपय मानिस जीवनमा जतिधेरै दुख र पीडामा पर्दापनि धैर्य गुमाउँदैनन्। आफ्नो जीवन नै जोखिममा छ अनि बाँच्ने दिन धेरै छैन भन्ने थाहा हुँदा पनि उनीहरुको हिम्मत मरेको हुँदैन, मुस्कान हराएको हुँदैन। थोरैमात्र पनि समस्या पर्दा आत्तिने र निरास बन्ने आम मानिसका लागि उनीहरुको त्यस्तो शैली अनौठो लाग्छ ।

आखिर केही मानिसहरु कसरी त्यस्तो मुस्किल समयमा पनि खुसी रहन सक्छन् ? समस्याका बीचमा पनि आशा र सकारात्मकताको लागि ठाउँ हुन्छ भन्ने कुरालाई तिनीहरुले कसरी चरितार्थ गर्न सक्छन् होला ?

साइमन बोआसको जिवन पनि यस्तै कथाले भरिएको छ । क्यान्सरसँग जुध्दै गरेका उनी जीवनको अन्तिम समयमा रहेका बेला गत जुलाई १५ मा उनको ४७ वर्षको उमेरमा निधन भयो। त्यसअघि बीबीसीलाई दिएको अन्तरवार्तामा उनले भनेका थिए : मेरो दुखाई नियन्त्रित छ र म निकै खुसी हो । यो सुन्दा अनौठो लाग्नसक्छ । तर म आफ्नो जीवनमा पहिले भन्दापनि निकै खुसी छु।

बोआसको त्यो भनाई अनौठो लाग्नु स्वभाविकै हो । आखिर कुनै मानिस जो मृत्युको निकै नजिक हुँदापनि कसरी खुसी रहन सक्छ ?

तर चिकित्सा मनोविज्ञहरु चाहीँ यसलाई सामान्य मान्दछन् । एक शोध अनुसार मृत्युुको त्राससँग संघर्ष गर्दा मानिसहरुले आफ्नो अन्तिम समयमा सकारात्मक भाषाको प्रयोग गर्दछन् । मृत्युको नजिक पुग्दा जीवनलाई लिएर त्यस मानिसमा नयाँ बुझाईको विकास हुन्छ र मानिसले जीवनको हरेक पललाई महत्व दिन सुरु गर्दछ ।

मृत्युअघि जीवनको अर्थ बुझ्नु

साइमन बोआसले आफ्नो अनुभव शेयर गर्दै बताए कि उनले आफ्नो अवस्थालाई स्वीकार गरे र जीवनका ससाना खुसीहरुतर्फ ध्यान केन्द्रित गर्न थाले ।

रोमन दार्शनिक सेनेका शब्द दोहोराउँदै उनले भने, ‘जीवन कति लामो छ भन्ने कुरा हाम्रो सोँचमा निर्भर गर्दछ न कि वर्षको गणनामा । मनोविज्ञ भिक्टर फ्रयांकलले पनि आफ्ना अनुभवबाट के सिद्ध गरेका छन् भने जीवनमा कुनैपनि परिस्थितिमा अर्थ खोज्नु आवश्यक छ ।’

सामाजिक सम्बन्ध तथा सामान्य खुसीहरुको महत्व

एक अध्ययन अनुसार मृत्युको नजिक हुँदा मानिसहरुले सामाजिक सम्बन्धहरु, प्रकृतिको सुन्दरता तथा साधारण खुसीहरुबाट आफ्नो खुसी प्राप्त गर्दछन् । जबजब उनीहरुको स्वास्थ्य बिग्रिन्छ, तब उनीहरुको ध्यान सुखबाट हटेर जीवनको अर्थ तथा सन्तुष्टि तर्फ केन्द्रित हुन्छ ।

मृत्युको क्रममा कस्तो हुन्छ संवेग ?

मृत्युको नजिक हुँदैगर्दा मानिसहरु खुसीसँगै दुख, रिस, पश्चाताप तथा सन्तुष्टि जस्ता विभिन्न भावनाहरुको अनुभव गर्दछन् । यो जीवनका प्रति एक नयाँ बुझाई तथा दृष्टिकोणको संकेत हो, जसले उनीहरुलाई जीवनका अन्तिम दिनहरुमा पनि खुसीको अनुभव गर्ने शक्ति प्रदान गर्दछ ।

यो बुझाइबाट जीवनको अन्तिम समयमा पनि शान्ति र सन्तोष प्राप्त गर्न सकिन्छ र मानिसहरुलाई आफ्नो जीवनका अन्तिम पलसम्मै खुसी भएर जिउने प्रेरणा दिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?