
काठमाडौं । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा सर्जन तथा अभिनेता रुपक घिमिरेले उप्रेतीको कपाल प्रत्यारोपण गरेका हुन् ।
आधुनिक प्रविधि र विशेषज्ञको निगरानीमा आफूले कपाल रोपेको निखिलले बताए । फिल्मको छायांकनमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले आफ्नो कपालमा समस्या देखिएपछि आफूले प्रत्यारोपण गरेको उनले बताए ।
अबको ६ महिनापछि नयाँ कपालसहित आफू पर्दामा फर्किने उनले बताए । अभिनेता समेत रहेका कपाल प्रत्यारोपण सर्जन घिमिरेले आफ्नो क्लिनिकमा हेयर ट्रान्सप्लान्ट सर्वसुलभ मूल्यमा उपलब्ध हुने बताए ।
अभिनेता उप्रेती चाँडै एक फिल्म निर्देशन तथा निर्माणको तयारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4