+

क्रिकेटर सरस्वती जीएमले गरिन् सन्न्यास फिर्ताको घोषणा

२०८१ असोज  १० गते १६:३८ २०८१ असोज १० गते १६:३८
क्रिकेटर सरस्वती जीएमले गरिन् सन्न्यास फिर्ताको घोषणा

१० असोज, काठमाडौं । लुम्बिनी प्रदेशकी कप्तान सरस्वती जीएमले क्रिकेट करिअरबाट लिएको सन्न्यास फिर्ता गर्ने घोषणा गरेकी छिन् ।

गत जेठमा त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगिता अन्तर्गत ललितपुर–११ बाट कोशी प्रदेशविरुद्ध खेलेपछि उनले सन्न्यासको घोषणा गरेकी थिइन् ।

तर उनले आफू फेरि क्रिकेटमा फर्किने घोषणा गरेकी छिन् । त्यसै अनुसार आगामी मंसिरमा हुने दशौं राष्टिय खेलकुदको तयारी अघि बढाएकी हुन् । ‘मैले जे सोचेकी थिएँ, त्यो पूरा हुन सकेन । त्यसै पनि मनले क्रिकेट छाड्न मानेको थिएन । अब फेरि क्रिकेटमै फर्किने निर्णय गरेको छु’, सरस्वतीले अनलाइनखबरसँग भनिन् ।

२८ वर्षीय सरस्वती आफ्नो आमा कोरियामा हुँदा त्यतै जान खोजेकी थिइन् । तर भिसामा समस्या भएपछि जान नसकेकी हुन् । दाङकी उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै लगातार राम्रो प्रदर्शन गर्दै आएकी थिइन् । नेपालको राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा स्थान बनाउन सकेकी थिइनन् ।

सन् २०२१ मा उनले लुम्बिनीबाट कोशी प्रदेशविरुद्ध ५० रन जोडेकी थिइन् । सन् २०१४ मा त्रिवि क्रिकेट मैदानमा भएको यू–१९ राष्ट्रिय क्रिकेट महिला प्रतियोगिताबाट उनको यात्रा सुरु भएको थियो । स्कुल पढ्दा देवेन्द्रसिंह ठकुरीको प्रशिक्षणबाट सुरु गरेकी उनले पछि सञ्जु क्षेत्रीसँग पनि सिकिन् । २०६८ मा भएको छैटौं राष्ट्रिय प्रतियोगिताबाट ठूला प्रतियोगिता खेल्न सुरु गरेकी थिइन् ।

लुम्बिनीकी कप्तान उनले गत डिसेम्बरमा प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता कर्णाली प्रदेशविरुद्ध ६२ रनको योगदान गरेकी थिइन् । त्यसअघि लुम्बिनी प्रदेश स्तरीय छनोट खेल दाङले जित्दा उनी टोलीको कप्तान थिइन् ।

क्रिकेट सरस्वती जीएम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१