+
+

भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने निर्माण व्यवसायी महासंघको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १७:३०

१० असोज, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण पूरा भएका विकास आयोजनाको भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले तत्काल भुक्तानी नदिए बाध्य भएर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।

निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरुमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको अध्यक्ष रवि सिंहले बताए ।

सरकारले रकम तत्काल निकासा हुने प्रतिवद्धता गरे पनि सो विपरीत रकम भुक्तान नहुँदा व्यवसायीहरूको राज्यमाथिको भरोसा टुट्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

दशैं तिहारजस्ता चाडपर्वका बेला निर्माण व्यवसायी र उनीहरुसँग आश्रित परिवार र मजदुरलाई राहत दिन महासंघले सरकारलाई ध्यानाकर्षण गराएको अध्यक्ष सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?