+
+

विद्यार्थीको सम्मेलनमा प्रचण्ड : मैले यसलाई जिताउनुपर्छ भनेको छैन

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १७:१५

१० असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वमा आफ्नो कुनै रोजाइ नभएको बताएका छन् ।

बिहीबार सुरु भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले सके सहमति, नभए निर्वाचनबाट नेतृत्व चुन्न आग्रह गरे ।

नेतृत्व, खासगरी अध्यक्षका दाबेदारहरुलाई भेटेर उनीहरुको बुझाइ र भोलिको योजना सुनेको भन्दै उनले भने, ‘मैले अहिलेसम्म यसलाई जिताउनुपर्छ भनेर कसैलाई भनेको छैन ।’

पार्टी कार्यालयमा भएको छलफलमा पनि विद्यार्थीमा कसैले गटबन्दी नगर्ने सहमति भएको उनले बताए ।

विद्यार्थी संगठनका नेताहरुले नै पार्टीले सहजीकरण गरिदिनुपर्‍यो भनेर आग्रह गरे भूमिका खेलन सकिने भन्दै उनले भने, ‘तर यसलाई बनाउनुस् भनेर हामी कसैले गुटबन्दी गर्ने छैन भनेर कार्यालयमा प्रतिवद्धता व्यक्त गरेका छौं ।’

पार्टी कार्यालयमा भएका नेताहरुले फलानो भए ठीक छ, नभए हुँदैन भनेर नभन्ने उनले बताए । सम्मेलनमा प्रचण्डले भने, ‘विद्यार्थी साथीहरुलाई आफ्नो विवेक प्रयोग गर्नुस् । सक्नुहुन्छ, सहमति जुटाउनुस्, सक्नुहन्न निर्वाचनमा जानुस् ।’

राष्ट्रिय सम्मेलनले जसलाई नेता छनोट गर्छ, उसलाई पार्टीको समर्थन रहने उनले बताए । गुटबन्दीका कारण धेरै दुःख पाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘यो विद्यार्थीहरुका लागि गुटबन्दीबाट पर जाने अवसर पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?