+

सुदूरपश्चिमलाई हराउँदै कोशी सुपर लिगमा

२०८१ असोज  १० गते १७:३८ २०८१ असोज १० गते १७:३८
सुदूरपश्चिमलाई हराउँदै कोशी सुपर लिगमा

१० असोज, काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई ४–०ले हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको सुपर लिगमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुदुरपश्चिमविरुद्ध खेलको २३औं मिनेटमा ममता रावतले गर्दै कोशीलाई अग्रता दिलाएकी हुन् ।

पहिलो हाफमा १ गोल मात्रै खाएको सुदुरपश्चिमले दोस्रो हाफमा २ गोल खायो । खेलको ५२औं मिनेटमा कोशीकी फर्वाड समिक्षा मगरले सुनिता सरकारको क्रसमा गोल गरिन् ।

त्यस्तै, खेलको ६४ औं मिनेटमा पूर्णिमा राईको पासमा सुदुरकी गोलरक्षक टिकेश्वरी अगाडी बढेको अवस्था व्याक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरेकी हुन् ।

८४औं मिनेटमा कुश्मा राईले गोल गर्दै निर्णायक गोल गरिन् । उनले डि बक्स बाहिरबाट लङ रेन्जबाट गरेको प्रहार गोलपोष्टको माथिल्लो बारमा लाग्दै गोल भएको हो ।

एन्फा लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकाल्दै कोशीले ९ खेलमा १४ अंक जोड्दै शीर्ष पाँचमा अटाएको छ ।

कोशीले ९ खेलमा ४ जित, २ बराबरी र ३ हार बेहोरेको छ ।

सुदुरपश्चिमले भने यो प्रतियोगिताभर १ अंक पनि जोड्न सकेन । सुदुरपश्चिमले ९ खेलमा ९ हारमा ६९ गोल खाएको छ भने ३ गोल फर्काएको छ ।

एन्फा महिला लिग सुदूरपश्चिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११