+
+

मदन भण्डारी कलेजमा भोलिदेखि आइडिया एक्स हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १८:१३

१० असोज, काठमाडौं । मदन भण्डारी मेमोरियल कलेजले सूचना प्रविधिमा अध्‍ययनरत विद्यार्थीहरूको प्रतिभा उजागर गराउन ‘एमबीएमसी आइडिया एक्स २०२४’ आयोजना गर्ने भएको छ ।

बिहीबार आयोजिन पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले असोज ११ देखि १३ गतेसम्म दोस्रो संस्करणको हृयाकाथन गर्न लागिएको जानकारी दिए ।

‘ह्याकाथनमा नेपाल र विदेशका गरी कुल २३ टिम सहभागी हुनेछन् । जसमा एक सय भन्दा बढी विद्यार्थीको सहभागिता रहने छ । प्रतिस्पर्धाबाट ६ वटा विभिन्न विधामा आधारित रही विजेता चयन गरिने क्याम्पस प्रमुख अधिकारीले जानकारी दिए ।

उनका अनुसार ३ दिनसम्‍म चल्‍ने उक्त आइडिया एक्समा नेपाल र भारतका १ सयभन्दा बढी सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरूले वातावरण प्रविधि, स्वास्थ्य र पहुँच, विकेन्द्रीकरण, साइबर सुरक्षा, पर्यटन, वित्तीय प्रविधि, कृषि प्रविधि लगायतका विधाहरूमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिस्पर्धामा विधागत विजेता र समग्र विजेतालाई दश हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रम अवधिमा प्रतिस्पर्धीहरुले विशेषज्ञहरुसँग अन्तर्क्रिया गरी आपसमा नयाँ विचारहरुको सिर्जना गर्ने कलेजका विज्ञान तथा प्रविधि विभागका प्रमुख फूलबाबु झाले दाबी गरे ।

‘यसले प्रतिभाशाली प्रतिस्पर्धीबाट नयाँ आइडिया सिर्जना हुन्छ भन्‍ने विश्वास लिएका छौं’, उनले भने, ‘खासगरी प्रविधिलाई पछ्याइरहेका युवा पुस्ताले आ-आफ्नो समूह बनाएर डिजिटल प्रविधि, म्यानेजमेन्ट, अकाउन्टलगायत आफूले रुचाएको विधामा नयाँ सोच र संकल्प ल्याउनुहुन्छ ।’

कार्यक्रमको उद्‌घाटन असोज ११ गते प्रमुख अतिथि क्याम्पसका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले गर्नेछन् ।

कलेजले २०८० असोज १९ देखि २१ गतेसम्म पहिलो संस्करणको ह्याकाथन आयोजना गरेको थियो । उक्त संस्करणमा आदिवासी भाषाहरूको संरक्षण, प्रवर्द्धन र पुनरुत्थान गर्ने लक्ष्य राखिएको थियो ।

‘भाषा जीवन हो, जीवन नै भाषा हो’ भन्ने मूल नाराका साथ युनेस्को नेपालसँगको सहकार्यमा देशभरिबाट ५० भन्दा बढी प्रतिस्पर्धीहरूको सहभागितामा ४८ घण्टाको अनसाइट ह्याकथन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?