+
+

मेचे समुदायको संस्कृतिमा आधारित ‘माखाल उपन्यास’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १० गते १९:१४

१० असोज, काठमाडौँ। सिमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास माखाल सार्वजनिक गरिएको छ ।

तेजप्रकाश श्रेष्ठद्वारा लिखित र परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको माखाल अर्थात आफ्नो समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको सुरुमा आएको राजनीतिक जागरणलाई समेटिएको छ ।

पुस्तक लोकार्पण समारोहमा मेचे समुदायको तर्फबाट बोल्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयकी सहसचिव रोशनी मेचेले आफ्नो समुदायका सांस्कृतिक पाटोको अनुसन्धान गरी तयार पारिएको उपन्यास आफैँमा अनुसन्धानात्मक कृति समेत हुनपुगेको टिप्पणी गरिन् ।

‘मेचे समुदायमा माखाल प्रणालीले कसरी काम गर्थ्यो भनी बुझ्न चाहनेहरुका लागि उपन्यास एउटा रोचक पुस्तक बनेको छ।’ उनले भनिन् ।

यस्तै समीक्षक ठाकुर शर्मा मेचे जातिको सांस्कृतिक पाटोलाई उक्त समुदायकै भाषाका शब्दहरु समेत राखेर तर सरल र सहज तिरकाबाट तयार पारिएको उपन्यास नवीनतम सांस्कृतिक उपन्यास बन्न सफल भएको दावी गरे ।

पुस्तकका लेखक तेजप्रकाश श्रेष्ठले २०६४ सालमा मेचे समुदायसँग ३ महिनाभन्दा बढी समय विताएर त्यस समुदायका अगुवाहरुसँग कुराकानी गरेका आधारमा सृजनात्मक लेखन गरी माखाल उपन्यास तयार गरेके बताए ।

प्रकाशक परिचय पब्लिकेसनका प्रमुख कार्यकारी भाष्कर ज्ञवालीले सिमान्तकृत मेचे समुदायको संस्कृतिलाई नेपाली साहित्यको मुलधारमा स्थापित गर्न यो उपन्यास प्रकाशित गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?