+

एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

२०८१ असोज  ११ गते ६:३४ २०८१ असोज ११ गते ६:३४
एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै

काठमाडौं । नेपालमा हुन गइरहेको  एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ का लागि एसिया रग्बीका अध्यक्ष कायस अल धलाई नेपाल आउँदै छन् ।

उनी प्रतियोगिता उद्घाटन तथा समापन समारोहमा सहभागी हुन फ्लाई दुबइमार्फत १८ गते बिहान नेपाल आइपुने छन् । सो प्रतियोगिता  एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । यस प्रतियोगिताका लागि नेपालले पछिल्लो ३ महिनादेखि पोखरामा तयारी गरिरहेको छ ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।

यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहको छ । काठमाडौंमा हुने एसिया रग्बी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

नेपाली टिमले सन २०१५ को प्री ओलम्पिक क्वालिफायर  र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ ।

गत वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो । नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाए लगत्तै सन् २०२२ मा बंगलादेशमा बंगबन्धु कप  खेल्दै रग्बी फिफ्टिन्समा पनि डेब्यु गरेको थियो ।

नेपालले यो प्रतियोगिताबाट आफ्नो वरियता सुधारसँगै बल च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाल रग्बी संघले छ ।

कार्यक्रमको उद्घाटन सम्भवत अमेरिकाबाट फर्किएलग्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी रहेको रग्बी संघले जनाएको छ ।

रग्बी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२
5 Stories
गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

गर्भावस्थामा शारीरिक सम्बन्ध कति सुरक्षित ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:२४
6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१