+
+

कैलालीमा दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते ६:४२

११ असोज, धनगढी । कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाउँदै जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने जनाएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले आम नागरिकलाई सुरक्षा दिनेगरि जनशक्तिको सही परिचालन, शीघ्र सेवा, तत्काल कारबाही र सहज पहलको उद्देश्यले जिल्लाभर शान्ति, सुरक्षा व्यवस्था मजबुत बनाउने गरी योजना तयार गरिएको जानकारी दिए ।

उनकाअनुसार दशैंदेखि छठ पर्वसम्म जिल्लामा चोरी, डकैती, जुवातास, मदिरा सेवन, लागुऔषध सेवन नियन्त्रण, अपराधिक घटना न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा प्रदान गर्न नियमित चेकजाँच बढाइनेछ । त्यसका जागि सामान्य समय हुने चेकजाँचमा बृद्धि गरिनेछ ।

जिल्लाभर २६८ डिउटी परिचालन गर्ने योजना रहेको प्रहरीले जनाएको छ । जसमा सामान्य समयमा परिचालन हुनेभन्दा २१ डिउटी थप गरिएको छ ।

जिल्लामा प्रहरी उपरीक्षक(एसपी)को कमाण्ड हुनेगरि कार्यालय सुरक्षा, रिजर्व फोर्स, इलाका प्रहरी कार्यालयसम्म जनशक्तिअनुसार स्टेन्ट बाई, पिकेट, साइकल गस्ती, मोबाइल गस्तीसमेत परिचालन गरिने बिष्टले बताए ।

सुरक्षा योजनाअन्तर्गत क्युआरटी, जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट सादा पोशाकमा पनि छुट्टै टोली परिचालन, भारतबाट फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि सीमा नाकासहित १० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिने उनले बताए ।

उनकाअनुसार भारतबाट फर्किने यात्रुको सहजताका लागि त्रिनगर सीमा नाकासहितका सीमा क्षेत्रका पाँच स्थानमा पनि चेक प्वाइन्ट सञ्चालन गरिनेछ ।

मेला पर्व, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, मोबाइल पसल लक्षित गरेर गस्ती पेट्रोलिङ्क बढाइने पनि प्रहरीले जनाएको छ ।

जुवातास, मदिरा तथा लागुऔषध नियन्त्रणका लागि छुट्टै समूह बनाएर परिचालन गर्ने, बजार अनुगमनमा जिल्ला प्रशासनलाई सघाउन छुट्टै समूह र राजमार्ग क्षेत्रमा हुने भीभीआईपी र भीआईपीको स्कटिङ्क गर्न पनि छुट्टै टोली बनाइएको प्रहरी उपरीक्षक बिष्टले जानकारी दिए ।

दशैं, तिहार र छठ पर्वमा अपुग हुने जनशक्ति प्रदेश प्रहरी कार्यालयबाट माग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?