+
+

आँखुखोलाको लिलामी सेयरमा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते ८:४८

११ असोज, काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनीको हकप्रद निष्कासनका क्रममा बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता साधारण सेयर लिलामी बिक्रीमा खुलेको छ ।

आज शुक्रबारदेखि यस कम्पनीको सेयरमा मूल्य बढाबढ बोलकबोलमार्फत आवेदन दिन सकिनेछ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार असोज २० गतेसम्म यसमा आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको बजार मूल्य प्रतिकित्ता १९५ रुपैयाँ छ ।

सार्वजनिक सूचनाअनुसार न्यूनतम १०० कित्ता तथा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नबिल इन्भेस्टमेन्ट बैंकको नक्साल कार्यालय तथा नबिल बैंकका शाखा कार्यालयहरु बिर्तामोड, वीरगन्ज, हेटौंडा, जावलाखेल, पोखरा (लेकसाइड), नेपालगञ्ज, सुर्खेत (बराहताल) तथा धनगढी शाखाबाट आवेदन दिन पाइनेछ । आवेदनको फारम तिनै कार्यालयमार्फत १ सय रुपैयाँ तिरेर लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?