+
+

मेटाले ल्यायो नयाँ एआर चस्मा, एआईमा नयाँ फिचर

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते ९:४६

फेसबुकको मातृ कम्पनी मेटाले एक विशेष दुई दिवसीय कार्यक्रमका क्रममा विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ ।

मेटा कनेक्ट २०२४ नामक उक्त कार्यक्रममा मेटाले नयाँ स्मार्ट चस्मासँगै मेटा एआईका नयाँ फिचर लगायतका प्रडक्टहरु सार्वजनिक गरेको हो ।

मेटाले त्यसक्रममा अहिलेसम्मकै अत्याधुनिक स्मार्ट चस्मा सार्वजनिक गरेको छ, जसको नाम Orion हो । साथै कम्पनीले Quest 3S VR हेडसेट, रेबन मेटा स्मार्ट चस्मा तथा मेटा एआईका नयाँ फिचरपनि सार्वजनिक गर्यो ।

AR चश्मा Orion

लामो प्रतिक्षा र विभिन्न अनुमान पश्चात् अन्ततः मेटाले आफ्नो अग्मेन्टेड रियालिटी चस्मा लञ्च गरेको छ, जसको नाम ओरियन हो ।

मेटा सीईओ मार्क जुकरबर्गले ओरियनको पूर्ण रुपमा चालु अवस्थाको प्रोटोटाइप सार्वजनिक गरे । यसमा होलोग्राफिक डिस्प्ले रहेको छ । यो कम्पनीको पहिलो होलोग्राफिक एआर चस्मा हो । यसलाई पहिरिएपछि टाउको यताउति हल्लाएरै यसका फिचर्सहरु नियन्त्रण गर्न सकिन्छ । यसका लागि EMG wristband लगाउनु पर्दछ । यो चस्मा झ्वाट्ट हेर्दा अन्य सामान्य चस्माजस्तै देखिन्छ ।

सुपथ मूल्यको हेडसेट Quest 3S

यो मेटाले लञ्च गरेको बजेट हेडसेट हो । यसले २ सय ९९ डलर मूल्यको Quest 2 लाई प्रतिस्थापन गर्नेछ । यसमा प्रयोगकर्ताले नयाँ लुक्स तथा डिजाइन प्राप्त गर्नेछन् । नयाँ हेडसेटको मूल्य ३ सय डलर रहेको छ ।

यसमा क्वालकोम स्नापड्रागन एक्सआरटू चिप रहेको छ जसमा विभिन्न एप चलाउन तथा गेम खेल्न पनि सकिन्छ । मिक्स्ड रियालिटीको अनुभव गर्नका लागि यसमा केही क्यामेरा रहेका छन्, जसमा टच कन्ट्रोल पनि प्राप्त हुनेछ ।

Meta AI मा नयाँ फिचर्स

मेटाले आफ्नो ओपन सोर्स एआई मोडल तथा मेटा एआईलाई अपडेट गरिरहेको छ । पछिल्लो अपडेटसँगै मेटा एआईमा नयाँ फिचर्स सामेल गरिएको छ जसमा मेटा एआईमा फोटो अपलोड गरेपछि त्यसलाई एडिट गर्नका लागि कमान्ड दिन सकिन्छ ।

मेटा एआईमा भ्वाइस सपोर्ट पनि सामेल गरिँदैछ । यसले प्रयोगकर्ताको भ्वाइस तथा आर्टिफिसियल भ्वाइस पनि सपोर्ट गर्नेछ ।

Quest Headsets ले सपोर्ट गर्नेछ बाहिरी डिस्प्ले

यो हेडसेट वास्तवमा एप्पल भिजन प्रोका सबल पक्षहरुबाट प्रभावित भएको देखिन्छ ।

यो हेडसेटमा नयाँ अपडेट प्राप्त हुनेछ । यसको मद्दतले क्वेस्ट हेडसेटबाट केवल किबोर्डमा हेरेर विन्डोज ल्यापटपसँग कनेक्ट गर्न सकिन्छ । यसका लागि भर्चुअल पेयरिंग बटन ट्याप गर्नुपर्नेछ।

त्यसपछि इन्स्ट्यान्ट भर्चुअल मनिटर तयार हुनेछ । जसलाई प्रयोगकर्ताले सजिलैसँग सिर्जना गर्न सक्दछन् र फेरि पूरै कोठाभर घुमेर प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?